दमक,साउन ४ ।दमकमा ९ दिनको फरकमा आमाछोराको मृत्यु भएको छ ।

दमक १० निवासी ५५ बर्षिय होमप्रसाद आङ्वोको कोरोना भाइरस संक्रमणका कारण हिजो दिउँँसो मृत्यु भएको हो । नौ दिनअघि मात्र उनकी ७६ बर्षिया आमा बिष्णुमाया आङवोको अचानक घरमै मृत्यु भएको वडाध्यक्ष बोधराज न्यौपानेले बताए । वडाभित्र यस्ता दुखद घटना विरलै मात्र हुने गरेको उनले बताए ।
उनका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका आङवो कृषि क्षेत्रका अगुवा मानिन्थे । सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई शनिवार मात्र बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र हिजो दिउँसो १ बजेतिर उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए । मृतकको हिजो साँझ नै कन्काई नदीमा दाहसंस्कार गरिएको थियो ।मृतक आङवोका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्