झापा, साउन ४ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी लिमिटेडले सोमबारदेखि नेपाली बजारमा होण्डा ग्राजिआको बीएसभीआई मोडललाई लन्च गरेको छ ।

त्यसअन्तर्गत बिर्तामोडमा होण्डाको आधिकारिक बिक्रेता बुद्ध इन्टरप्राइजेजले पनि एकसाथ सो बाइक लन्च गरेको छ । आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसी नयाँ बीएसभीआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचरअन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एम्प्टीजस्ता जानकारी प्राप्त गर्न सकिनेछ । होण्डाको प्रोग्राम फ्यूल इन्जेसन टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजिआको यस नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि इड्लिङ स्टप रहेको छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट स्टप स्वीच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजीसहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ । नेपाली बजारमा ग्राजिआ बीएसभीआई डीआएस मूल्य रु.२ लाख ६९ हजार ९०० रहेको र ग्राजिआ बीएसभीआई डीएसएस मोडलको मूल्य रु.२ लाख ८९ हजार ९०० रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्