दमक , साउन ५ । गएराति झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

राति ८.४५ बजे सडकमा हिडिरहेका गौरादह ३ डिपुचौकका ७२ वर्षिय चेतबहादुर दाहाललाई प्रदेश १–०१–०१२प–५९९० नं को मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गंभीर घाइते भएका दाहाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा त्यहाँ संभव नभएपछि विराटनगरको नोवेल हस्पिटल पु¥याउनासाथ राति १२.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरादह ३ डिपु चोकमा स्थायी बसोबास गर्ने दाहाल लामो समय शिक्षण पेशा गरी हाल सामाजिक कार्यमा संलग्न थिए । उनी जेष्ठ नागरिक संघ गौरादहको नगर सचिव समेत रहेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनाएका छन् ।