भद्रपुर, साउन ६ । भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।

रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा, रोट्र्याक क्लव अफ भद्रपुर र इनर व्हील भद्रपुरको सहकार्यमा बुधबार भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन् । रक्तदान गर्नेमा ९ जना महिला छन् । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्