दमक, साउन ६ । दमककै पुरानो लायन्स क्लब एफ दमक माउण्ट एभरेष्टको अध्यक्षमा युवा व्यवसायी तुलसी दंगाल चुनिएका छन् ।

क्लबका पूर्व अध्यक्ष समेत रहेका लायन पदम क्षेत्री (एमजेएफ ) को प्रमुख आतिथ्यतामा क्लबले बुधबार एक कार्यक्रम गरी वर्ष २०२१ –२२ का नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा अध्यक्ष दंगालसहित निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष दिनेश अग्रवालले अध्यक्ष लोगो,बैठक पुस्तिका प्रदान गरेर पद हस्तान्तरण गरेका क्लबका निवर्तमान सचिव नेत्र चम्लागाईले बताए ।
क्लबको नयाँ समितिको प्रथम उपाध्यक्ष डा. सूर्यनारायण शाह,द्वितीय उपाध्यक्षमा बुद्धिशेखर भट्टराई,तृतीय उपाध्यक्षमा भगवान बस्नेत,सचिवमा मनोज अग्रवाल र कोषाध्यक्षमा सोनु भगत चुनिएका छन् ।
पद हस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिनेश अग्रवालले आफनो कार्यकालमा सहयोग पुर्याउने लायन तथा अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए भने अध्यक्ष दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु तीर्थनारायण श्रेष्ठ, चन्द्रबहादुर गमजेर, बबरजंग थापा, औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ता ,दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र ढकाल , सामाजिक व्यक्तित्व गोविन्दराज कट्टेललगायतको उपस्थिति रहेको थियो । उक्त क्लव सन् २००४ मा स्थापना भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्