युएई , साउन ६ । युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्यक्तित्व बालकृष्ण मरासिनीले एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्वारी दिने भएका छन् ।

मध्यपूर्वस्थित युएईमा करिब १३ वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्यक्तित्व हुन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय स्याङ्जा समाज, नागरिक सेवा समाजलगायतका सामाजिक संस्थामा काम गरिसकेका मरासिनी विगत केही वर्षदेखि यस गरिमामय संस्था एनआरएनएमा क्रियाशील युवा हुन् । विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई एनआरएन अभियानमा सदुपयोग गर्न उनले यसपटक मध्यपूर्व उपसयोजंकमा उम्मेद्वारी दिने निर्णय गरेको उनले बताएका छन् । सन् २००९–२०११ कार्यकालमा एनसिसी सदस्य, २०११–२०१३ मा युएई स्थित सारजाह क्षेत्र उपाध्यक्ष हुँदै २०१३–२०१५ को ऐतिहासिक कार्यकालको प्रवक्ता रहेका मरासिनी २०१७ –१९ को कार्यकालमा उपाध्यक्ष रहेर आफ्नो कुशलता देखाइसकेका युवा व्यक्तित्व हुन् । युएईको एनआरएन अभियानमा लामो कार्यकाल बिताएका मरासिनी आफ्नो अनुभवलाई समग्र मध्यपूर्वका नेपालीहरुको हकहितमा प्रयोग गर्नु नै उम्मेद्वारीको घोषणा गर्नुको मुल उद्धेश्य रहेको बताउँछन् । लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधिबिधानको पालनामा ईमान्दार हुँदै सदैव संस्थाप्रति निष्ठावान रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय एनआरएन अभियानमा समर्पित भएर मध्यपूर्व उपसंयोजकमा उम्मेद्वारी दिएका मरासिनी आफूलाई आईसीसी पदाधिकारीहरुबाट पूर्ण साथ र समर्थन रहेको बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्