झापा , साउन ६ । पछिल्लो चौबीस घण्टामा झापामा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगरका दुईजना रहेका छन् ।मेचीनगर १० का ३२ वर्षिया महिलाको मेची र मेचीनगर ३ का ७६ वर्षिया महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । हिजो पनि मेचीनगरका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बुद्धशान्ति ५ का ३९ वर्षिय पुरुषको बिएण्डसी र शिवसताक्षी ११ का ६४ वर्षिय पुरुषको मेची अस्पतालमा मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४११ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा झापामा २५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ११४ महिला र १३८ पुरुष रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी बिर्तामोडका ५० र दमकका ४८ जना रहेका छन् । योसँगै झापामा कूल संक्रमितको सँख्या १९ हजार ५९९ पुगेको छ । त्यसमध्ये १४ हजार १७० डिस्चार्ज भएका छन् । झापामा २ हजार ५११ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्