झापा , साउन ७ । झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।

डिसीसीएमसीको बिहीबार बसेको बैठकले साउन १४ गतेसम्म लम्ब्याएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

कोभिड–१९ को संक्रमणको जोखिम यस जिल्लामा रहिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८असार ३१ गते मध्यराति १२ बजेदेखि २०७८साउन ७ गते मध्यराति १२ बजेसम्म झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएकोमा यस जिल्लामा संक्रमणको जोखिम रहिरहेकोले मिति २०७८साउन ७ गते मध्यराति १२ बजेदेखि मिति २०७८साउन १४ गते मध्यराति १२ बजेसम्मका लागि देहाय अनुसारको आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी व्यवसायी तथा आमनागरिकको कर्तव्य हुनेछ ।

सर्वसाधारणका लागिः–
क. कुनै पनि कामका लागि घरबाट बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने ।
ख. हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने नगराउने ।
ग. कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसोलेसन सेन्टरमा सम्पर्क राख्ने ।
कार्यालय सञ्चालन सम्बन्धमाः–
क. सरकारी, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी÷ गराई भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने ।
बैंक÷वित्तीय संस्था सम्वन्धमाः–
क. बैक तथा वित्तिय संस्थाहरुले बैंकिङ्ग कारोबार स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी÷गराई सञ्चालन गर्ने ।
पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमाः–
क. औषधी र स्वास्थ्य सामग्री, ईन्धन (पेट्रोल÷डिजल स्टेसन, एलपी ग्यास) बाहेक अन्य पसल तथा व्यवसाय (खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, ईलेक्ट्रोनिक,
ख. टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी÷मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर) विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने, सो को प्रभावकारी अनुगमन सम्वन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने ।
ग. होटल तथा रेष्टुरेन्टहरुले बेलुका ७ बजेसम्म सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी सञ्चालन गर्न पाईने । बेलुका ७ बजेपछि टेकअवे सेवा मात्र सञ्चालन गर्न पाईने ।
घ. मलखाद, बीउविजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहारलगायत कृषिसम्बन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने।
ङ. मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने ।
च. औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने ।
छ. सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, संग्रहालय, चिडियाखाना आदि बन्द गर्ने ।
सवारी साधन सञ्चालन सम्बन्धमाः–
क. सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी संचालन गर्न पाइने ।
ख. मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी संचालन गर्न पाइने ।
ग. सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्दा स्वीकृत सिट क्षमता अनुसार देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
– सिट क्षमताभन्दा बढी यात्रु नराख्ने,
– यात्रुहरुले मास्कको अनिवार्य प्रयोग गरेको हुनुपर्ने,
– सवारी साधनको ढोकामा स्यानिटाईजरको व्यवस्था हुनुपर्ने,
– चालक, सहचालक र सहयोगीले अनिवार्य मास्क, भाईजर र पन्जा लगाउनु पर्ने,
– सवारी साधन अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने ।
घ. माथि उल्लेखित व्यवस्थाको प्रभावकारी अनुगमन ट्राफिक प्रहरी÷सुरक्षा निकायले गर्ने ।
सीमा नाका सम्बन्धमाः–
क. सीमा नाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकडभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणालीसम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
ख. काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गौडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने ।
ग. काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहसंग आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने ।
७. सभा सम्मेलनको हकमाः–सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारलगायतका कार्यहरुको संचालनमा रोक लगाउने।
८. यस आदेशको पालना तथा कार्यान्वयनमा यसअघिझैँ आवश्यक सहयोग समन्वय तथा सहजीकरण हुन सम्वद्ध सबै सरोकारवाला र आम झापावासीमा हार्दिक अनुरोध छ ।
९. यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे÷गराईएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्वन्धित सबैमा जानकारी गराईन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्