दमक, साउन ७ । कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी माग पत्र बुझाएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।
भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्याउने आश्वासन दिएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

टोलीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिंह दर्लामी ,प्रदेश कमिटी सदस्य गगन पुरी , जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष तथा प्रतिष्ठानका महासचिव राईलगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । दुई दिनअघि प्रतिष्ठानको दलीय टोली प्रधानमन्त्री र अर्थमन्त्रीसंग भेट गर्न काठमाण्डौ गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्