शिवसताक्षी , साउन ८ । शिवसताक्षी नगरपालिकाका पूर्व जनप्रतिनिधि ईन्द्र सिंगुको कोरोना संक्रमणका कारण निधन भएको छ ।

शिवसताक्षी वडा नं १० निवासी ५७ वर्षिय सिंगुको आज बिहान घरमै निधन भएको हो ।संक्रमण पुष्टिपछि उनी होम आइसोलेसनमा रहेका थिए ।गत असार ३१ गते एन्टीजेन टेष्ट गर्दा उनलाई संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए ।