हो , वीर गोर्खाली हौं,नेपाली स्वाभिमानी हुन्छ, सिधा हुन्छ ।आफ्नो काम गरिखाने हुन्छ । यसो भन्दैमा हामी कमजोर पनि त छैनौं । इतिहास हेर्ने हो भने देशभित्र अनेकौ परिवर्तन नभएका होइनन् । राणा ढले,पंचायत ढल्यो,प्रजातन्त्र आयो,लोकतन्त्र आयो,गणतन्त्र आयो ।जनताको छोरो राष्ट्रपति भयो,प्रधानमन्त्री भयो ।

बाटाघाटा बने,पुल बन्यो ,विद्यालय बने,अस्पताल बन्यो,विकास आयो,बिजुलीका तार आयो । बहुदलमा धेरै पार्टी आए । जनता शिक्षित बन्दैछन् । समयसंगै अरू परिवर्तन पनि हुँदै आउलान् जुन स्वाभाविक हो ।
फेरि पनि दशकौ बर्ष बितेछन्। समयले नेटो काटेछ । देशलाई माथि उठाउने क्रममा हामी कहाँ चुकेछौ ? दलहरूले पछि फर्केर हेर्न आवश्यक छ । समय धेरै घर्की सकेछ । अब मुलुकको परिवर्तनको लागि दलहरू मिल्नै पर्छ । अन्तर्राष्ट्रिय नीति एक बनाउनै पर्छ,यो मेरो मात्र जिज्ञासा होइन । सायद सबै नागरिकको मनमा लागेको हुन सक्दछ । देशका हरेक नागरिकलाई शिक्षा र स्वास्थ्यको ग्यारेन्टी राज्यको हुनुपर्छ ।

जनताले इमान्दारिताका साथ राज्यलाई कर तिरेका हुन्छन् । त्यसको बदलामा जनताको अपेक्षा हुनु स्वाभाविक हो । तर राज्यका शासकको ध्यान यता नपुगेर अन्तै मोडियो भने हामी कहाँ पुग्छौ ।त्यसैले अब दलहरूले अबका पुस्तालाई बिश्वस्त पार्न सक्नुपर्छ । हैन भने अबका पुस्ताले पत्याउने छैनन् ।
त्यसैले अबको पुस्ताको लागि भएपनि जुनसुकै राजनैतिक दल होस् वा नेता उसको बोलीमा सत्यता होस् । जसले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि उच्च राख्ने काम गरून् । देशमा राजनैतिक घटनाक्रमसंगै हाम्रो छिमेकीसंग सीमासम्बन्धी विवाद धेरै अघिदेखिको हो । सीमामा बस्ने हाम्रा दाजुभाइ धेरै पिडामा छन् । नेपाल– भारतसम्बन्धी सचिव स्तरका वार्ता नभएका होइनन् । तर खोई कहाँ हराउँछन् विवाद? समाधान भए यहाँसम्म उपलब्धी भयो भनेर कुनै सरकारबाट जवाफ आएको छैन ।

हो, सरकारले राजदूत पठाउँछ । कुटनैतिक छलफल हुन्छ । सिस्टम र पद्धति हुन्छ । तर सरकार जवाफदेही हुनुपर्छ । यसको मतलब अबको पुस्ता अलि बाठो छ । नियालिरहेछ , के हँुदैछ मेरो देशमा ? के भन्छन् सरकारमा भएका शासक ? हो, समयसंगै जनतामा पनि चेतना आउनुपर्छ । नकी जुनसुकै राजनीतिक दलमा रहुन् ।अबको पुस्ताले सरकारले गरेका हरेक गतिबिधिलाई हेरून्,मनन गरून् अनि भनुन् सहीलाई सही र गलतलाई गलत ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्