सपना आचार्य,
इलामको माई नगरपालिकामा ५४ जना अपाङ्गता भएका ब्यक्तिहरुले सहायक सामग्री पाएका छन् ।

विगत ४ बर्षदेखि संचालित हेरचाहका लागि उत्प्रेरणा कार्यक्रममार्फत फरक क्षमता भएका ब्यक्तिहरुले सहायक सामग्री प्राप्त गरेका हुन् । माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मेयर दिपककुमार थेबे, उपमेयर विष्णुमाया आचार्य, प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले सहायक सामग्री वितरण गरेको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । अपाङ्गता भएका माई नगरभित्रका ११ जनालाई व्हील चेयर, ३ जनालाई बैशाखी, १६ जनालाई श्रवण यन्त्र, ११ जनालाई टुवाईलेट चियर, २ जनालाई वाकर, २ जनालाई सेतो छडी र ८ जनालाई वाकिङ्ग छडी प्रदान गरिएको हो ।

नगरस्तरीय अपाङ्गता समन्वय समितिका संयोजक तथा माईका उपमेयर आचार्यको अध्यक्षता र मेयर थेबेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।सहायक सामग्री वितरण कार्यक्रममा नगर स्तरीय अपाङ्गता स्वावलम्बन समितिका अध्यक्ष यदुनाथ दुलाल, स्वास्थ्य संयोजक पुष्कर कट्टेल, मेडिकल अधिकृत रामकृष्ण आचार्य, प्रशासन शाखा प्रमुख नविन कुमार पौड्याल, पत्रकार विमल दहाल लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै शुक्रबार नै सानिमा हाइड्रोपावर लिमिटेडले माई नगर अस्पताललाई ५ लाख मूल्य बराबरको भिडियो एक्सरे मेसिन प्रदान गरेको छ । मेयर थेबेलाई मेसिन प्रदान गरिएको सानिमा माई हाइड्रोपावरले जनाएको छ । हालै संचालनमा आएको १५ वेडको नगर अस्पतालका लागि सहयोगी दाताहरुले स्वास्थ्य सामग्री प्रदान गर्दै आएको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्