झापा , साउन ८ । बढ्दो कोरोना संक्रमण र मृत्यु दरका क्रममा झापामा थप तीनजना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा मृत्यु हुने तीनैजना संक्रमित पुरुष छन् । मेचीनगरका ६७ वर्षिय , कमलमा ८२ वर्षिय र इलामका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२० पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा झापाका १५९ महिला र २०२ जना पुरुष गरी ३६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये भद्रपुरका ३० महिला र ४६ पुरुष गरी सबैभन्दा बढी ७६ जना रहेका छन् । त्यस्तै दमकमा २० महिलासहित ३४ जना , बिर्तामोडमा २२ महिलासहित ५३ जना, गौरादहमा एक महिलासहित ३ जना, मेचीनगरमा २५ महिलासहित ५६ जना, कनकाईमा ९ महिलासहित २१ जना, हल्दिबारीमा ३ महिलासहित ४ जना, अर्जुनधारामा १३ महिलासहित ३२ जना, बुद्धशान्तिमा २२ महिलासहित ४६ जना, कचनकवलमा एक महिला , एक पुरुष , कमलमा २ महिलासहित ५ जना , शिवसताक्षीमा ५ महिलासहित १५ जना , झापा गापामा एक पुरुष र ठेगाना नखुलेका २ महिला र २ पुरुष रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको कूल सँख्या २० हजार २६६ पुगेको छ । त्यसमध्ये १४ हजार ४९४ जना डिस्चार्ज भएका छन् । झापामा २ हजार ७२४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्