ईलाम, साउन ९ । इलाम नगरपालिका १ नेपालटारमा सिमेन्टको पिलरले लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाँडा घर भएका बचासदीप रिजालका ८ बर्षीय छोरा ग्रेसदीप रिजालको सिमेन्टको पिलर ढल्दा लागेर मृत्यु भएको हो ।
हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाई राखेको पक्की सिमेन्टको पिलर ढल्दा ती बालकलाई लागेको थियो । भित्तामा ठाडो पारेर राखेको पिलर अचानक ढल्दा किचेर गम्भीर घाईते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ईलाम पु¥याउँदा बाटैमा मृत्यु भईसकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्