झापा , साउन ९ । स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापामा पक्राउ परेका छन् ।

आज दिउँसो १२ बजे झापा गाउँपालिका वडा न. २ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ४६ वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको टोलीले नगद बरामद गरी आबश्यक कार्वाहीको लागि जिप्रका झापातर्फ ल्याउँदै गरेको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्