इलाम ,साउन १० । इलाम नगरक्षेत्रसँगै जिल्लाभर नै कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

इलाम नगरपालिका नगरकार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए । नगरमा पनि दैनिक संक्रमण बढ्दै गएको तथा मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले नगरपालिकालाई एक हप्ताका लागि सिल गर्न बैंठकले सिफारिस गर्ने निर्णय गरेको उनले बताए । अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु बन्द गर्ने गरी सिफारिस गरिएको र वडा कार्यालयहरु समेत बन्द रहने प्रवक्ता श्रेष्ठले बताए । इलाम नगरपालिकामा दोस्रो लहरपछि ९ सय १६ जना संक्रमित भइसकेका छन् भने १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्