कति दिन चल्छ चलोस् बाँकी जिन्दगी
बिना आगो जल्छ जलोस् बाँकी जिन्दगी

ज्योतिषीलाई हेराएरै ग्रह शान्ति ग¥या
शुन्य फल फल्छ फलोस् बाँकी जिन्दगी

परिस्थिति भ¥याङ बन्दा उक्लन चढिदिएँ
आधाबाटै ढल्छ ढलोस् बाँकी जिन्दगी

नभेटेर पनि होइन नखोजेको अस्तित्व
भाग्यले नै छल्छ छलोस् जिन्दगी

मरेपछि चिहानमाथि वर पिपल रोपिदिनु
चराबाटै मल्छ मलोस् बाँकी जिन्दगी
बिर्तामोड ३

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्