काम, क्रोध, लोभ, मोह छोड्न कहाँ आसान छ ।
जोगी –त्यागीकै लागि पनि यो युद्ध घमासान छ ।।

धर्म बेच्छ मान्छे यहाँ बाइबल, गीता, कुरानमा ।
जान्दछ यी सबै मान्छे तर पनि अञ्जान छ ।।

वासनाको राग हेर देव– दानव सबैमा उस्तै ।
शरीरभित्र त्यसको आफ्नै ठूलो आसमान छ ।

धनी असाध्य कोही छन् कोही हेर भिकमंगा ।
सृष्टिभित्रै सृष्टिकर्ताको वितरण असमान छ ।।

कति भाग्छ मान्छे यहाँ सपनालाई पछ्याउँदै ।
सजाएर चिता उसलाई कुरिरहेको श्मसान छ ।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्