झापा , साउन ११ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको सातौं अधिवेशनले सन् २०२१ देखि २०२३ सम्मका लागि अध्यक्ष पदमा राजेश प्रसाईंलाई निर्बिरोध चयन गरेको छ ।

प्रत्यासी निर्मला थापामगरको विरुद्धमा परेको उजुरीमाथि उनले पर्याप्त प्रमाण दिन नसक्दा प्रसाईं निर्बिरोध विजयी भएका हुन् । त्यस्तै प्रथम उपाध्यक्षमा विजयराज अर्याल ,द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ ,महासचिवमा उत्तम गुरुङ ,सचिवमा शिव थापा,कोषाध्यक्षमा निरन्जन खडका,सहकोषाध्यक्षमा दिपक तामाङ ,युवा संयोजकमा अमृत गुरुङ ,महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्