युएई , साउन ११ । एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ ।

आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा उम्मेद्वारी दावी गर्ने क्रममा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्वारी दिने भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष अगाडि धनगढीको कैलालीबाट आएका रोस्याराले उत्तरी इमिरेट्सको नेपाली समुदायमा सामाजिक अभियन्ताको रूपमा उच्च छवि बनाएका छन् ।
सामान्य रोजगारी गर्न युएई आएका रोस्यारा राक क्षेत्रमा रेस्टुरेन्टको क्षेत्रमा लगानी गरेर व्यावसायिक अनुभव संगालेका सहयोगी युवा हुन् । युएईका आम नेपालीमा उनी नयाँजस्ता देखिए पनि हरेक सामाजिक, साँस्कृतिक, राजनीतिक गतिविधिमा उनी क्रियाशील छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २१–२३ कार्यकालको लागि रोस्याराले उपाध्यक्ष पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएनए राक क्षेत्रको अध्यक्षको जिम्मेवार सम्हालेर उत्तरी इमिरेट्समा एनआरएनएको साख जोगाउने मध्येका एक दरिला स्तभको रुपमा रास्योरालाई मानिन्छ । यति मात्रै नभएर उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा विगतदेखि हालसम्म पनि कार्यरत छन् । इनास राक, सुदुर पश्चिम सेवा समाज, नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक, नेप्लिज एसोसिएसन राक क्षेत्रमा सल्लाहकार भएर आफ्नो संलग्नता जनाइसकेका छन् । एनआरएनए राक क्षेत्रको वरिष्ठ सल्लाहकार समेत रहेका रोस्यारा आफ्नो क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि दिनरात केही नभनी काम गर्ने युवा भएकोले उनको जित समग्र नेपालीहरुको विजय सावित हुने झापाली समाज युएईका राक क्षेत्र अध्यक्ष केशव कार्कीले प्रतिक्रिया दिएका छन् । पुराना एनआरएनकर्मीको साथ र सहयोग भएका कारण आफ्नो जित सुनिश्चित भएको रोस्याराको दावी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्