बिर्तामोड , साउन १२ । फजुल खर्च नगरी रोट्रयाक्ट क्लब अफ बिर्तामोडका वर्ष २२–२३ का पब्लिक रिलेसन अफिसर अजय अधिकारीले सामाजिक काममा सहयोग गरी आफ्नो जन्मदिन मनाएका छन् ।

उनले आफ्नो २८ औं जन्मदिनको उपलक्ष्यमा बिर्तामोडस्थित परोपकार अनुसन्धान तथा वृद्धाश्रममा विभिन्न आवश्यक सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा एक बोरा चिनी ,एक बोरा मुसुरी दाल , दुई कार्टुन सनफ्लावर तेल , फ्रुटीलगायत गरी १५ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।रोट्रयाक्ट क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष बसन्त बुढाथोकीले क्लबको गतिविधिका बारेमा बताउँदै सामाजिक उत्तरदायित्वप्रति आफ्नो संस्था प्रतिबद्ध रहेको जानकारी दिए । पब्लिक रिलेसन अफिसर अधिकारीकी आमा गंगा अधिकारीले जन्मदिनमा तामझामले खर्च नगरी मानव सेवाको लागि यस्ता कार्यको अपरिहार्यता रहेको जोड दिइन् ।

त्यस कार्यक्रममा रोट्रयाक्ट क्लबका पूर्व अध्यक्ष राज मुखिया, प्रवास थापा मगर ,विकास बस्नेत , वर्ष २०२१–०२२ का अध्यक्ष प्रभात मास्के ,सदस्यहरु मनिष उप्रेती, मन्दिप बुढाथोकी, सुशील थापा, बसन्त ढकाल , अर्जुन कार्की ,आश्रमका सचिव बेनुप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बाप्पा शाहले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्