झापा, साउन १२ । झापामा फेरि कोरोना संक्रमितको सँख्या बढेको छ ।

जिल्लामा मंगलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार थप चारजनाको कोरोनाबाट मृत्यु भएको छ । त्यसमध्ये तीन जना झापा र एक जना मोरङ पथरीका छन् । पथरी घरका संक्रमितको दमकमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिर्तामोड, कमल र शिवसताक्षीमा एक–एक जना संक्रमितको मृत्यु भएको छ । दुईजनाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो । योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ४३२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्