बिर्तामोड, साउन १३ । बिर्तामोड नगरपालिकाको वडा नम्बर ६ मा अस्थायी प्रहरी चौकी बुट्टाबारीको आफ्नै भवन बन्ने भएको छ ।

बिर्तामोड–६ को वडा कार्यालयको मातहतमा रहेको जग्गामा २ तलाको प्रहरी कार्यालय भवनको आज शिलान्यास भएको हो ।
बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले भवनको शिलान्यास गरे । अब प्रहरी चौकीको आफ्नै भवन बन्ने निश्चित भएको चौकी इन्चार्ज जानुका चौहानले बताइन् । उनका अनुसार २०७८ सालको लक्ष्मीपुजाको दिन आफ्नै भवनमा सर्ने योजना छ । ‘तिहारसम्ममा दुईतलाको काम सम्पन्न हुन्छ’ चौकी इन्चार्ज चौहानले भनिन् । ५० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गर्ने योजना रहेको छ । त्यसका लागि वडा कार्यालय , नगरपालिका र अन्य दाताहरुबाट आर्थिक संकलन गरिने उनले बताइन् ।
लामो समयदेखि बुट्टावारीको प्रहरी चौकी अब्यवस्थित रहेको थियो । चौकी इन्चार्ज चौहान सरुवा भएर आएपछि उनको पहलले नै भवन बन्न लागेको वडाध्यक्ष कन्दङ्वाले शिलान्यास गर्ने क्रममा बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका कन्दङ्वाले अव शान्तिसुरक्षामा समस्या नहुने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्