झापा, साउन १४ । बढ्दो कोरोना संक्रमणको रोकथामका लागि पर्सी शनिबारदेखि पुरै झापा जिल्ला सिल गरिने भएको छ ।

डिसीसीएमसी र जिल्लाका पालिकाका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले पर्सी शनिबारदेखि एक सातासम्म पुरै जिल्ला सिल गर्ने निर्णय गरेको हो । यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिका सिल गरिसकिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड कोभिडको संक्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये बाँकी भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि सिल गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्