बिर्तामोड , साउन १४ । कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रममा बिर्तामोड नगरपालिकाले विभेद गरेको भन्दै चेम्बर अफ कमर्श झापाले आपत्ति जनाएको छ ।

चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , महासचिव प्रदिप खरेल र प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवालले संयुक्त पे्रस विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् । आगामी दिनमा बिर्तामोड नगरपालिकालगायत झापा जिल्लाभित्र व्यवसाय गरी बस्ने सम्पूर्ण क्षेत्रका उद्योगी व्यवसायी तथा सोसँग जोडिएका कर्मचारी र मजदुरहरुलाई समेत समान रुपमा बिना भेदभाव आबश्यकता अनुसार खोप लगाउने व्यवस्था मिलाइदिन उनीहरुले आग्रह गरेका छन् । व्यवसायीहरुको हकहितमा रही सँधै आवाज उठाई समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्