झापा , साउन १४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

आज दिउँसो ३.३० बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित लिलाबस्तीको लिलाचोकमा मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी ब्राउनसुगर किनबेच गर्नेक्रममा मेचीनगर १ बस्ने २६ वर्षिय सरोज भुजेल र सोही ठाउँका ३५ वर्षिय निर्मल भुजेल भन्ने झलक भुजेललाई पक्राउ गरेको हो । सरोजले बोकेको कालो झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको ३४ ग्राम ब्राउनसुगर , विभिन्न नेपाली दरको नोट जम्मा दुई लाख सैतालिस हजार पाँच सय रुपैयाँ र झलकको साथबाट तीन हजार पाँच सय नगद फेला पारी उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्