बनियानी , साउन १७ । झापाको कचनकवल गाउँपालिका १ डाकुपाडास्थित भुतेश्वर शिवालयको परिसरमा साढे ८ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम(साँसद विकास कोष)को ५ लाख रुपैयाँको बजेटबाट सो शिव मूर्ति निर्माण गरिएको हो । सो शिव मूर्तिको संघीय सांसद राजेन्द्र लिङ्देनले हिजो अनावरण गरे । कचनकवलको भुतेश्वर शिवालयको पूर्वकै धार्मिकस्थलको रुपमा रहेको छ । त्यहाँ साउन महिनाको सोमबार जल चढाउन भक्तजनहरु जाने गर्दछन् । साउनको पहिलो र अन्तिम सोमबार त्यहाँ मेला लाग्ने गरेको छ ।

त्यसैगरी हिजो नै साँसद लिङ्देनले कचनकवल ७ को बालुवाथान खोलामा निर्मित पक्की पुलको उद्घाटन गरे । ५० लाख साँसद विकास कोष र ३१ लाख गाउँपालिकाको गरी ८१ लाख रुपैयाँको लागतमा १९ मिटर लामो पुल निर्माण भएको हो । सीता निर्माण सेवाले सो पुलको ठेक्का पाएको थियो । पुल निर्माण भएपछि भद्रपुरबाट सिंगीमारी जान सजिलो भएको कचनकवल गाउँपालिकाका प्राविधिक अमित ढुंगानाले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्