बिर्तामोड , साउन १७ । नेपाली काँग्रेसका नेता सीके प्रसाईका छोरा विवेक प्रसाईले आफूमाथि थुकेर देखाउन नवोदय फनमिन शिक्षा सदनका प्रिन्सिपल धर्मराज माझीलाई चुनौती दिएका छन् ।

एन प्याव्सनका अगुवा माझीले सामाजिक संजालमा लेखेको स्टाटसलाई लिएर प्रसाईले आफूलाई थुकेर देखाउन सार्वजनिक रुपमा चुनौती दिएका हुन् । काँग्रेसका सक्रिय कार्यकर्ता माझीले ‘थुक्क विवेक भाइ, तिम्रो बुवाको दर्शनमा हिडेको म । तर सीके बुवाको चिन्तनमा आउन सकेनौं, खेद छ तिमीप्रति’ भन्दै स्टाटस लेखेका थिए । सोही भनाईलाई लिएर प्रसाईले ‘मलाई थुक्न इच्छा छ भने बिर्ताबजारको पशुपति फोटो स्टुडियोमा मेरो फोटो छ त्यसमा थुक्नु होला, दिवाकर भतिजलाई दिनु भन्दिछु । र, यदि प्रत्यक्ष थुक्ने हिम्मत छ भने आधा घण्टा अगाडि खबर गरेर घर आउनु होला, थुकको सट्टामा माला र खानपिन र गुरुदक्षिणा त ठिक पार्नु पर्यो नि ।’उनले आफ्नो फेसबुक पेजमा माझीको फोटो राखेर यस्तो कमेन्ट गरेका छन् –

यी महासयलाई चिन्नु हुन्छ ?
यी हुन्, ‘थुक्क विवेक भाइ, तिम्रो बुवाको दर्शनमा हिडेको म । तर सीके बुवाको चिन्तनमा आउन सकेनौं, खेद छ तिमीप्रति’ भनेर कमेन्ट गर्ने एक शिक्षक ।
बिर्ताबजारबासी, पेशाले शिक्षक हुनुहुँदो
रहेछ, मैले चिन्ने मौका नपाएको तर मलाई चिन्नु हुँदोरहेछ । महान ब्यक्ति, जसले मलाई पहिलोपल्ट फेसबुक फ्रेन्ड नहुँदा पनि कमेन्ट गर्दा सार्वजनिक रुपमा त्यस्तो कमेन्ट गरे । के उनी चै कांग्रेसको कार्यकर्ता हुन् र म चै पार्टीमा आवद्ध छुइनँ भनेर धाक देखाको ?म एउटा कुरा मात्र भन्न चाहन्छु कि, न चिनेर होस् या चिनेर होस् यदि कसैले कुनै पनि मान्छेमाथि थुक्छ भने त्यो मान्छे भरतबाबुको दर्शनमा हिड्ने मान्छे हुनै सक्दैन । यदि तपाईं कसैमाथि पनि थुक्ने व्यवहार गर्नु हुन्छ भने आफू भरतबाबुको अनुयायी हुँ भनेर उहाँको आत्मालाई नरुवाउनु होला । मेरो विनम्र अनुरोध छ ।
धर्मराज माझी ज्यू, अरु कसैमाथि थुकेर वा दुर्व्यवहार गरेर सीकेको अनुयायी हुँ भनेर बुवाको पवित्र आत्मालाई नरुवाइदिनु होला है, मेरो विनम्र अनुरोध ।
मलाई थुक्न इच्छा छ भने बिर्ताबजारको पशुपति फोटो स्टुडियोमा मेरो फोटो छ त्यसमा थुक्नु होला, दिवाकर भतिजलाई दिनु भन्दिछु । र, यदि प्रत्यक्ष थुक्ने हिम्मत छ भने आधा घण्टा अगाडि खबर गरेर घर आउनु होला, थुकको सट्टामा माला र खानपिन र गुरु दक्षिणा त ठिक पार्नु पर्यो नि ।
मेरो नम्बर –9807928668(पहिला मेसेज गर्नु होला, ऐरेगैरेको फोन उठाउने बानी छैन ।)
दुवै काँग्रेस समर्थकबीचको यो दोहोरीलाई लिएर सामाजिक संजालमा धेरै क्रिया–प्रतिक्रिया आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्