कुमरखोद , साउन १७ । झापा गाउँपालिकमा संचालित मकै उत्पादन प्रबर्द्धन कार्यक्रमको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले अनुगमन गरेका छन् ।

उनले कोभिड १९ महामारीमा निरन्तर झापा गाउँपालिकाको फिल्ड अनुगमन गर्दै आएका छन् । सिंहले झापा गाउँपालिका प्रमुख जयनारायण शाहसँग सहकार्य गरी नेपालकै बढी मकै उत्पादन हुने झापा गाउँपालिकालाई पकेट ,ब्लक, जोन कार्यक्रममार्फत सूचीकृत भएका फर्म, सहकारी ,कृषक समूहलाई विभिन्न योजना तथा कार्यक्रम प्रदान गरेका छन् ।
अनुगमनमा कृषि ज्ञान केन्द्रका प्रमुख सिंह , गाउँपालिका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालगायतको सहभागिता रहेको थियो ।