झापा , साउन १८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा बिर्तामोडबाट पक्राउ परेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2021/08/ौेरौे.jpg)
पक्राउ पर्नेहरुमा हल्दिबारी १ बस्ने २० वर्षिय सुवास न्यौपाने र बिर्तामोड १० ईलामेली टोल बस्ने २४ वर्षिय समिर राई रहेका छन् । आज दिउँसो १ बजे बिर्तामोड ३ मा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले मे. ८ प. ७३९२ नं.को मोटरसाइकलमा सवार न्यौपाने र राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीहरुलार्ई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।