झापा, साउन १९। झापाको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

हिजो बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई लागूऔषध ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरेको हो ।

त्यसैगरी हिजै बेलुका पौने ८ बजे मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको WB74R 6504 नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउनसुगर १ ग्राम फेला परेपछि मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना उपर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्