हरेक मानिस सुखी भएर बाँच्न चाहन्छ । सबैको साझा लक्ष्य सुखी जीवन हो । सुखपूर्वक बाँच्न चाहन्छ ।हामी सबैले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको खण्डमा सुखपूर्वक जीवन जिउन सकिन्छ ।आज मैले पुरुषको चाहना भन्ने शीर्षकमा लेख्ने जमर्को गरेकी छु । हाम्रो समाजमा मानवको अध्ययन गर्ने हो भने धेरै दुखी भेटिन्छन् ।त्यसमा आधाभन्दा धेरै पुरुष अप्रत्यक्ष रुपमा पीडित भेटिन्छन् । हामी धेरैले भन्ने गर्छौं नारी धेरै पीडित छन् किनकि नारी आफ्नो पीडा प्रत्यक्ष रुपमा प्रस्तुत गर्छन्, रुन्छन् , कराउँछन् ।तर पुरुषहरु भित्रभित्रै पीडीत भएर बाँचेका हुन्छन् । न उनीहरु नारीजस्तो दिल खोलेर हाँस्न सक्छन् ,न नारीजस्तो दिल खोलेर रुने गर्छन् । त्यसैले धेरै पुरुषलाई हटअट्याक हुने गर्दछ र नारीको तुलनामा पुरुषको औसत आयु कम हुने कुरा तथ्यले देखाएको पाइन्छ । हरेक पुरुष आफ्नो श्रीमती सदैव खुसी भएको देख्न चाहन्छन्, मीठो बोलेको सुन्न चाहन्छन् , स्वादिलो खाना खान चाहन्छन् र आफ्नो घर वरपर सफासुग्घर भएको हेर्न चाहन्छन् साथै श्रीमती सधैं स्वस्थ रहेर सम्भोगको कामना गर्दछन् ।त्यसैले हरेक श्रीमतीले आफ्नो श्रीमानलाई खुसी पार्ने कला सिक्नुपर्ने हुन्छ ।श्रीमानलाई खुसी पार्न धेरै काम गर्नुपर्दैन । महिला दिदीबहिनीले सोचेभन्दा कम काम गरे पनि हुन्छ । एक मीठो मुस्कान , एक चुम्बन र एक अंगालो आफ्नो पतिले चाहेको बेलामा दिनसके खुसी हुन्छन् पुरुष ।नारीले यो कुरा थाहा पाउनुपर्छ कि आफ्नो श्रीमान खुसी नभएसम्म आफू खुसी हुन सकिदैन । र, हरेक श्रीमतीले यो पनि बिर्सनु हुँदैन कि आफ्नो श्रीमानको उमेर जति परिपक्व देखिए पनि ऊभित्र एउटा बच्चा पनि हुन्छ जो घरिघरि फुर्कन्छ , फुर्कदै जिस्किन्छ । र, यो शाश्वत सत्य हो कि कुनै पनि नारीले आफ्नो पतिलाई बदल्न सक्दिनन् ।बरु पुरुषको आनीबानी , मनोबिज्ञान बुझेर आफै बद्लिनु धेरै सजिलो हुन्छ किनकि नारी हृदय प्रधान हुन्छन् ।

हरेक पुरुष सदैव स्वादिष्ट खान खोज्छन् आफू कतैबाट घर फर्किदा घर सफासुग्घर भएको हेर्न चाहन्छन् किनकि उनीहरु काममा थाकेका हुन्छन् । घरको सफा वातावरणले उसको थकानलाई शान्ति मिल्न सक्छ ।श्रीमतीको मीठो मुस्कानले श्रीमानको परिश्रमको सम्मान गर्न सक्छ ।
र, हरेक नारी प्राय आफ्नो श्रृङ्गार र पहिरनको बारेमा , सपिङ्गको बारेमा बढी सोच्ने गर्छन् भने पुरुष त्यसभन्दा बढी सम्भोगको बारेमा सोच्ने गर्छन् । सम्भोग सम्बन्धी कुरा गर्दा आनन्दित हुन्छन् र वैवाहिक जीवनको सबभन्दा आनन्दको पल सम्भोगको समयलाई मान्छन् । पुरुषको लागि सम्भोग स्वर्गको आनन्द हो । र, पुरुषको सोच अनुसार घरमा व्यबहार भएन भने झगडा सुरुवात हुन्छ । यो हामी सबैले देखेको कुरा हो । हरेक श्रीमानले आफूलाई आफ्नी श्रीमतीले पूरा भरोसा गरोस् , मेरो कमजोरी कसैको सामु नभनिदियोस् , मेरो आज्ञाको पालना गरोस् भन्ने चाहना राख्छन् । धेरै प्यार र मानको अपेक्षा राख्छन् आफ्नो आदत जस्तो भएपनि ।यो चाहनालाई हरेक श्रीमतीले सम्बोधन गरेको खण्डमा पारिवारिक जीवन सुन्दर बन्छ । हरेक नारीले आफ्नो पतिलाई महान बनाउने चाहना राख्नुपर्छ । त्यसको लागि आफ्नो पतिमाथि पुराका पुरा भरोसा गर्न सिक्नु पर्छ ।किनभने श्रीमतीले विश्वास नगरेको पतिलाई कसैले विश्वास गर्दैन । यसबाट नारीलाई धेरै घाटा हुन्छ ।त्यसैले हरेक विवाहित नारीले आफ्नो श्रीमतीको लागि खेल्ने पुतलीझंै होइन, सचिवझैं बन्न सक्नुपर्छ ।पुरुषको दोष होइन, खुबीलाई प्रकाशमा ल्याउनु पर्दछ । र, पुरुषले पनि नारीको नक्कल गर्छन् ।आखिर सबै मानिस बाँदरका सन्तान न हुन् ।

कुनै पनि नारीले आफ्नो पतिलाई चिन्न कम्तिमा पनि ३ बर्ष लाग्ने गर्छ ।मनोवेत्ताहरुको अध्ययनले यहि कुरा पत्ता लगाएको छ ।त्यसैले मनोवेत्ताहरु तीन वर्ष पहिले जस्तोसुकै खराब जीवनसाथी भएपनि सम्बन्ध बिच्छेद नगर्न सुझाव पस्कन्छन् । त्यसैले आफ्नो श्रीमानको चाहना, भावना बुझ्न समय लाग्न सक्छ । हरेक श्रीमानको चाहना हुन्छ आफू घरमा थकित भएर आएको बेला आफ्नो श्रीमतीको उज्यालो अनुहार हेर्न चाहन्छन् , मीठो बोली बोल्न चाहन्छन् र स्वादिलो खाजाको अपेक्षा गर्छन् साथै श्रीमतीको न्यानो अँगालो चाहन्छन् । दिनभरिको तनाव र थकान मेटाउनको निमित्त तर धेरै नारीको स्वभाव यो हुन्छ कि दिनभरि थाकेर आएको पतिको अगाडि घर आउन साथ अलच्छिन अनुहार देखाएर उनको तनलाई अझै थकित र मनलाई अशान्त पार्ने अपराध गर्छन् । यसको सट्टामा त्यतिबेला आफ्नो पीडालाई गुप्ताङ्गझैं लुकाएर मुसुक्क हाँस्न सक्नु पर्दछ र मधुर बोलीमा पतिको स्वागत गरी उनको तनमन हल्का पार्नु पर्दछ । पतिलाई मीठो खाजा खुवाउनु पर्दछ र मन पर्ने संगीत बजाएर पतिले आराम गरेपछि तनमनबाट शक्तिशाली भएपछि मात्र आफूलाई पीडा भएको कुरा पस्कनु पर्दछ ।त्यसबेला मात्र पतिले तितो कुरा पचाउन सक्छन् । हरेक पुरुष भनेको नारीको ऐना हो जति सम्मान दिन सकिन्छ, जति प्रेम दिन सकिन्छ, व्याजसहित फर्किन्छ ।समाजमा धेरै दिदीबहिनीको गुनासो हुन्छ कि मेरो श्रीमानले मेरो कुरा मान्दैनन् । घरमा खाना खादैनन् । मसँग नजिकै बस्न चाहदैनन्, बाहिर अरुसँग रमाउँछन् म पीडित छु यस्तो गुनासो गरेको सुन्नमा पाइन्छ ।

यसमा नारीले के कुरा बुझ्नुपर्छ भने हरेक पुरुषले आफ्नो घर बाहिर गएर काम गर्नुपर्ने हुन्छ अनेक तनावलाई पचाउनु पर्ने हुन्छ ।समस्यासँग जुधेर भएपनि आफूलाई पैसा कमाउने इन्जिन सम्झेर काम गर्छन् आफ्नो परिवारको खुसीको लागि , सुखको लागि । तर जब श्रीमान आफ्नो काम सकेर थकित भएर घर फर्किदा आफ्नो श्रीमतीले शंका गर्ने , खुसी नहुने , श्रीमानको आवश्यकतालाई सम्बोधन नगरेर खाली कमजोरी मात्र औंल्याउने गरेको खण्डमा आफू अपमानित भएको महसुस गर्छन् र उनीहरुले आफ्नो मनको पीडा भुलाउन अन्यत्र खाने , अरु नै नारीसँग रमाउने, आफ्नो भावना साट्ने गर्छन् ।यसको यथार्थलाई बुझेर हरेक नारीले आफूलाई बदल्नुपर्छ । जसरी राधाले कृष्णलाई प्रेम गर्थिन् , त्यसरी नै राधा बनेर आफ्नो श्रीमानलाई कृष्ण बनाउने कला सिक्नुपर्दछ । प्रेम र आदर गर्न सक्नु पर्दछ ।उसको कमजोरी खोतल्ने होइन , खुबीको , राम्रो कामको तारिफ गर्नुपर्छ ।मीठो मीठो परिकार पकाउने कला सिक्नुपर्दछ ।श्रीमान कामबाट थाकेर आएको बेला मन शान्त पार्ने र आराम गर्ने वातावरण तयार गर्नुपर्ने हुन्छ ।र, वैवाहिक जीवनको सबभन्दा आनन्दको पल पुरुषको लागि सम्भोगमा हुनेहुँदा यो भावना हरेक नारीले बुझ्नुपर्छ ।यो प्रकृतिले दिएको कुरा हो यसलाई मिचेर बस्नु पनि अपराध हो ।त्यसैले हरेक पुरुषको चाहना , मीठो भोजन , सरसफाइ , सम्भोग, आदर र प्रेम हो यसको सम्बोधन गर्नसके हरेक नारीको जीवन स्वर्णिम हुने देखिन्छ ।सबैको मंगल होस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्