झापा , साउन १९ । निषेधाज्ञाको अवज्ञा गर्दै पसल संचालन गर्ने बिर्तामोडका एक दर्जनबढी व्यापारी कार्वाहीमा परेका छन् ।
मंगलबार बिहान ८ बजे ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले स्थानीय बजार गस्ती गर्दै जानेक्रममा पसल खोल्ने ती व्यापारीहरु कार्वाहीमा परेका हुन् । कोरोना महामारीको समयमा पसल खोली स्थानीय प्रशासनबाट जारी गरिएको निषेधाज्ञा सम्बन्धी नियम कानुनलाई बेवास्ता गरी पसल खोलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । आवश्यक कार्वाहिको लागि जिल्ला प्रशासन कार्यालय झापा पठाई जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्वाही पर्नेमा बिर्तामोड ४ बस्ने बर्ष ४५ का फडिन्द्र शिवाकोटी दुध डेरी पसल खोलेको (जरिवाना रु.१००० ),सोही ठाउँका बर्ष २७ का दिनेश थपलिया दुध डेरी पसल खोलेको ( जरिवाना रु.५०० ),
बर्ष–४८ का ज्ञानी पासवान ठेलामा फलफुल बेच्दै हिडेको( जरिवाना रु.५०० ), बर्ष– २८ का अनिल पासवान ठेलामा फलफुल बेच्दै हिडेको ( जरिवाना रु. ५०० ), बर्ष–४३ का धर्मेन्द्र साह ठेलामा फलफुल बेच्दै हिडेको ( जरिवाना रु. ५०० ),अर्जुनधारा ६ स्थित डेरा गरी बस्ने बर्ष–२० का राम प्रबेश मुखिया ठेलामा सागसब्जी वेच्दै हिडेको ( जरिवाना रु.५००), बिर्तामोड ५ बस्ने बर्ष–३५ का शिव खतिवडा हनुमान कम्पलेक्सभित्र मोबाईल पसल खोलेको ( जरिवाना रु.१०००), वडा नं ४ बस्ने बर्ष– ५० की शुशिला भट्टराई , हनुमान कम्पलेक्सभित्र ब्याग पसल खोलेको ( जरिवाना रु.१०००), वडा नं ३ बस्ने बर्ष–३२ की रोजिना भट्टराई दुध डेरीको पसल खोलेको ( जरिवाना रु.१०००), बर्ष–४१ का भवनाथ साह सागसब्जी बेच्दै हिडेको (जरिवाना रु.५००) गरिएको छ ।