कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको समयमा नेपाललगायत विश्वका विभिन्न मुलुकमा कोरोनाको दोस्रो लहर (भेरियन्ट) ले धेरैको ज्यान लिइसकेको छ । बैशाखबाट शुरु भएको दोस्रो लहरले नेपाल,भारतजस्ता देशमा कोरोनाको कहर अहिलेसम्म जारी छ । करिव २ महिना लामो दोस्रो लहरका कारण देशका विभिन्न जिल्लामा निषेधाज्ञा अहिलेसम्म जारी छ । भारतको मुख्य शहर,दिल्ली,मुम्बई,कलकता, गुजरात सँग–सँगै नेपालको काठमाण्डौ, बाँके,झापा,मोरङ,सुनसरी,पाल्पाजस्ता जिल्लामा कोरोनाको महामारीबाट ज्यान गुमाउने संख्या दिनानुदिन बढ्दो नै छ ।

पहिलो लहरको कोरोना महामारीमा रगत व्यवस्थापन, राहत, उद्धारजस्ता स्वयम्सेवी काम गरेको हाम्रो टिमले यो वर्ष स्वयम्सेवी समूहको आकारलाई सानो बनाएर काम गर्नु प¥यो । दोस्रो भेरियन्ट पहिलेको भन्दा ज्यादै खतरनाक रहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट प्रसारण भैरहँदा हाम्रो सानो टिम यस वर्ष रगत व्यवस्थापन,प्लाज्मा थेरापी र उद्धार कार्यमा केन्द्रित भएर शुरुमा काम ग¥यांै । देशैभरि अक्सिजन सिलिन्डरको अभाव भएपछि केही संख्यामा श्री सत्य साई केन्द्रबाट उपलब्ध २५ थान अक्सिजन सिलिन्डरहरु विभिन्न पालिकामा पु¥याइएको बेलाको समयमा पनि लकडाउन जारी थियो । जिल्लाभरिका कोरोना संक्रमितको तथ्यांक र संक्रमण मुक्त भएकालाई फोन सम्पर्क र प्रत्यक्ष रगतदातालाई (प्लाज्मा) थेरापीका लागि घरबाट ल्याई पुन ः घरसम्म पु¥याउने काम जोखिमयुक्त थियो । फोन सम्पर्कको भरमा रक्तदाताको शारीरिक अवस्था बुझी पीसीआर टेष्ट,एन्टीजेन टेष्टको रिपोर्ट पनि आफै ल्याउन थाल्नुप¥यो । ल्याव जाँदा अलि बेसी सतर्कता अपनाउनु परेको थियो । पूर्ण निषेधाज्ञामा धेरै स्वयम्सेवी साथीहरु घरमै बसेर सहयोग पु¥याउनु भयो । म ,भरत यादव,यज्ञराज कडरिया,विष्णु आचार्य र रुपक रिजाल दैनिक फिल्ड खटिएका थियांै । घरबाट निस्की सकेपछि विभिन्न स्थानमा सहयोग र समन्वय गर्न जानु परेको थियो । व्यानरसहित कोभिड रेस्पोन्स टिम हिड्नु परेको थियो ।

बिर्तामोडका संक्रमितहरुको घरसम्म खाद्यान्न, औषधी पु¥याउनको लागि हाम्रो टिमको बारेमा बिर्तामोड नगरपालिकाका कर्मचारीले हाम्रो नम्बर समेत संक्रमितलाई दिनु भएको रहेछ ।प्लाज्मा रगतदान आएपश्चात् रगत लिए । दिनरात नभनी मोरङको विराट नर्सिङ्ग होम पनि पटक–पटक जानु प¥यो । टिमको नेतृत्व गरेको मलाई टिमका साथीहरुको चिन्ता भैरहन्थ्यो । कुनै–कुनै दिन जोखिमयुक्त काम गरेको दिन मनमा त्रास हुन्थ्यो । घरपरिवार, छोरा, विरामी आमालाई लिएर चिन्तित थिएँ । यद्यपि हाम्रो कामले कसैको ज्यान बाँच्न केही सहयोग पुग्छ भन्ने विचारले कहिले घर बस्न मन लागेन । चिनेजानेका साथीहरुको कोरोनाका कारण मृत्युको खबरहरु आईरहे । साथीहरुका लागि प्लाज्मा पनि खोजेकै हो, कारणवश केही साथी बाँच्न सक्नु भएन । सरकारको विभिन्न पोष्टमा रहेर काम गर्नुहुने स्वास्थ्यकर्मी, सहकर्मी , प्रहरीले जसरी फ्रन्टलाइन काम गर्नु भयो, हामीले पनि आफ्नो संस्थामा रहेर काम गरेकै हो । धेरै हिडडुल गरेकोले धेरैले शंका गर्नुभयो । कतै कोरोना ल्याइ पो हाल्छ कि भनेर तर सिधा मसंग आएर कसैले कुरा गर्नु भएन । मानिसका विभिन्न आर्थिक,साँस्कृतिक समस्या ,लगानीको प्रतिफल, रोजगारी गुमाएका मलिन अनुहारहरु देखेको छु । पहँुच योग्य मानिस अनि अभावमा बाँचेकाको फरक थाहा पाएको छु । हाम्रोजस्तो मुलुकले कोरोनाको बहुआयामिक सवालहरु अबका दिनमा कस्तो चुनौती बन्दै समाजमा आउने छ ,त्यो हेर्न,भोग्न अझै बाँकी छ ।
सरकारको प्राथमिकतामा स्वास्थ्य समस्यालाई प्रमुख मुद्धाको रुपमा नलिएपछि आएका वा आउने समस्या अझै हेर्न बाँकी नै छ । हाम्रो अभियानलाई धैरैले केही सहयोग पनि गर्नुु भयो । हौसला प्रदान गर्नु भयो । फ्रन्टलाइनमा खटिने हामीजस्ता स्वयम्सेवकको आत्मबल बढाउने कुरामा सहयोग पु¥याउनु भयो ।

खोप कार्यक्रम सरकारले ल्याएको छ । खोप बारेको अन्यौलता तथ्य विभिन्न भ्रम पनि बजारमा आएको छ । खोप लगाउने ठाउँमा मानिसहरु घण्टौ लाइनमा बस्नु परेको, उमेरको आधारमा राज्यले सम्बोधन
गरेको उमेर समूह जेष्ठ नागरिकहरु घण्टौ लाइनमा बसेर खोप लगाउन नपाएको, खोप केन्द्रमा भौतिक दुरीमा समस्या देखिएको, वास्तविक फ्रन्टलाइनरभन्दा अवसरवादी र पहँुचवालाले लगाइसकेको, कानुनी मान्नेले नपाएको, नमान्नेले पाएको उदाहरण सँग–सँगै मलामी जाने धेरैको संख्यामा, आफ्नो स्वास्थ्य अवस्थामा केही जटिलता हुँदा पनि मानिसहरु खुलेआम हिड्ने गरेको कारण दोस्रो लहरको कोरोना अहिलेसम्म न्यूनीकरणमा नआएको व्यवहारले देखाउँछ ।
तसर्थ तपाई हामी प्रत्येकले आफ्नो जिम्मेवारी,सजगता, सही सूचना सम्प्रेषण गरी यो महामारीविरुद्ध लडन जरुरी छ ।उच्च आत्मबल राख्न जरुरी छ । दुर्गापुर , झापा

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्