कुमरखोद , साउन २१ । झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं. २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षिय रुपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो । आज बिहान ९ बजे घरको वाल भत्काउने क्रममा अचानक घरको वाल ढल्दा सोही वालले किचेर सिंह घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसा २.५ बजे मृत्यु भएको हो । लाश अस्पतालमै रहेको र कानुनी प्रकृया तथा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्