झापा , साउन २२ । मानव अपहरण तथा शरीर बन्धक, जबरजस्ती, चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ वडा नं. ९ बस्ने ३४ बर्षिय अर्जुन पेहिम लिम्बु रहेका छन् ।
झापा जिल्ला अदालतको २०७३ माघ ५ गतेको फैसला अनुसार मानव अपहरण तथा शरीर बन्धक, जबरजस्ती, चोरी कसूरमा ९ बर्ष १ महिना १५ दिन कैद तथा ७८ हजार ८सय रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्