झापा , साउन २२ । अत्याधिक गर्मीका कारण आज झापामा दुईजनाको मृत्यु भएको छ ।

गर्मीका कारण बेहोस भएर ढलेको अबस्थामा दुईजनाको शव फेला परेको हो । बिर्तामोड नगरपालिका वडा नः ३ स्थित अनारमनी स्वास्थ्य चौकीअगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन् । बिर्तामोड –१० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताएका छन् । अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । त्यस्तै अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको माछा मार्दामार्दै ढलेर मृत्यु भएको छ । बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यही ढलेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । हिजोदेखि झापामा अत्याधिक गर्मी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्