झापा , साउन २४ । झापामा प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत किशनगंज जिल्ला ठाकुरगंज बस्ने २८ वर्षिय श्रवण राय र भद्रपुर ३ बस्ने २४ वर्षिय खेमराज कुँवर रहेका छन् । शनिबार दिउँसो १ बजे. भद्रपुर ३ किचकबधमा जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी .चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका रायलाई चेकजाँच गर्दा उनको साथबाट २१.२६० ग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसैगरी भद्रपुर ३ हातिमाराबाट कुँवरको साथबाट Eskuf – ३ बोतल र Nitrosunट्याब्लेट १० पिस बरामद गरी दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिप्रका. झापामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्