बिर्तामोड , साउन २५ । सामाजिक व्यक्तित्व, व्यवसायी एवं बिर्तामोडका पुराना बासिन्दा दिनेश मल्लको ७७ वर्षको उमेरमा निधन भएको छ ।

गएराति १० बजे उनको निधन भएको हो । संभवत झापा जिल्लामै पहिलो पटक गाई फार्म र कुखुरा फार्म खोल्ने बिर्तामोड ४ निवासी मल्लले बिर्तामोडमा धान मिल , बरफ फ्याक्ट्री संचालन गरेका थिए । लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका मल्ल लिटल फ्लावर्स इङलिस स्कूलका पनि संस्थापक सदस्य हुन् ।त्यस्तै उनी पासा मुनः पुचःका संस्थापक हुन् । उनका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुदेश मल्ल बैंकमा कार्यरत छन् भने कान्छा छोरा सन्देश अबकास स्कूलका संचालक हुन् ।