कुमरखोद , साउन २५ । झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ खोलाको किनारमा एक बेवारिसे शब फेला परेको छ ।

आइतबार राति ८.३० बजे अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन । शवको डिएनए परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सड्न लागेको शवको पहिचान खुल्न नसकेको हुँदा आवश्यक थप अनुसन्धानका लागि धरान पठाइएको हो । शवलाई धरान पठाउन आवश्यक पर्ने खर्चका लागि स्थानीय युवा व्यवसायीहरुले सहयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्