झापा , साउन २६ । झापाको मेचीनगरस्थित निन्दा खोलामा एक महिलाको शव फेला परेको छ ।
आज बिहान ९.३० बजे मेचीनगर १५ निलकोठीस्थित निन्दा खोलाको बीच भागमा भिण्डी बस्ती बस्ने अन्दाजी ६० वर्षकी सलकी बेस्रा (मुर्मु)को शव फेला परेको हो । तत्काल नाम ,थर, वतन नखुलेको महिलाको शव घोप्टो परेको बेवारिसे मृत अवस्थामा रहेको भन्ने खबर स्थानीयले प्रहरी चौकी ज्यामिरगढीमा जानकारी गराएपछि प्रहरीले बुझ्दा छोरा हुपना मुर्मुबाट मृतकको पहिचान खुलेको थियो । शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि लागि मेची अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।