भद्रपुर,साउन २६ । रोटरी क्लव अफ भद्रपुरले ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा मंगलबार आयोजित संक्षिप्त कार्यक्रमका बीच ३२ इन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको हो ।
मापसे कारण पक्राउ परेका तथा ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त टिभीको प्रयोग गरिने चन्द्रगढीका ट्राफिक इन्चार्ज जनक तिम्सिनाले बताए । सो सामग्री रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझालगायत रोटरीयनहरुले इन्चार्ज तिम्सिनालाई हस्तान्तरण गरेका हुन् ।