झापा , साउन २६ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरी होटल संचालन गर्ने बिर्तामोडका एक होटल संचालकलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
गएराति १०.३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लंघन गरी संचालन गर्ने बिर्तामोड नगरपालिका वडा नं ५ बस्ने ३२ वर्षिय तिलहाङ लिम्बुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई आबश्यक कार्बाहीको लागि आज जिल्ला प्रशासन कार्यालय पठाइ बीस हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।