बिर्तामोड , साउन २६ । बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला र वडा नं ७ का कार्यबाहक वडाध्यक्ष चन्द्रकला पकुवाललाई पितृशोक परेको छ ।

ती दुवैका पिता ख्वामित संग्रौलाको आज दिउँसो ३.४५ बजे ८५ वर्षको उमेरमा निधन भएको हो । बिर्तामोड २ निवासी संग्रौलाका पिता मुटु , मिर्गौला , फोक्सोको समस्याले ग्रसित थिए । वडाध्यक्ष संग्रौला मृतकका एकमात्र छोरा हुन् । मृतकका श्रीमती नरमाया संग्रौला रहेकी छन् । पाँचजना छोरीमध्ये चन्द्रकला पकुवाल बिर्तामोड ७ का कार्यवाहक वडाध्यक्ष रहेकी छन् । मृतकलाई भोलि बिहान १०.३० बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्