झापा , साउन २७ । झापाली फुटबलका हस्ती तिलकबहादुर गुरुङको आज बिहान निधन भएको छ ।

बिर्तामोड ३ निवासी ६६ वर्षिय गुरुङको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिए । पूर्व राष्ट्रिय रेफ्री रहेका गुरुङ झापा जिल्ला फुटबल संघका संस्थापक सदस्य तथा पूर्व महासचिव हुन् । उनी बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक पनि हुन् । बिर्तामोडमा फुटबल खेलको विकास गराउन उनको ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्