देशभर भएका लकडाउन विभिन्न जिल्लामा कोरोनाको महामारीको प्रकोपलाई हेरेर फरक फरक प्रकारले लगाएको छ । यीमध्ये झापा सबैभन्दा ठूलो रोगको चपेटामा आएको ठाउँको रुपमा स्थापित भएको छ ।
झापा जिल्लाका हरेक गाउँ, नगर कोरोनाको महामारीको चपेटामा आइसकेकोले जिल्लाभर डीसीएमसीले लकडाउन लगाउने निर्णय गरेको थियो । सबै क्षेत्रमा अब क्रमिक रुपमा जिल्लाबासी सम्पूर्ण नागरिक कोरोनाबाट उन्मुक्ति पाउने आश पलाएको थियो र विभिन्न पेशा व्यवसायमा रहेका पेशाकर्मीको दिनचर्या चाँडै सहज हुने छ । आर्थिक क्षेत्र चलायमान बन्ने छ । सम्पूर्ण क्षेत्र पुरानै लयमा फर्कने छ । दिनप्रतिदिन समय यी विषयको विपरीत चल्यो । चारैतिर विकारले स्थिति सिर्जना भयो र भैराखेको छ ।

लकडाउन कोरोना नियन्त्रण गर्ने सबैभन्दा ठूलो उपाय हो । विश्व परिवेशमा यो नै महत्वपूर्ण अन्तिम विकल्पका रुपमा लिइएको पाइएको छ । त्यति हुँदाहुँदै पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गराउनु, किसानको उत्पादित वस्तु बजारसम्म पुर्याउने ( विशेष कृषि र पशुपालन क्षेत्रबाट उत्पादित वस्तु) हामीबीच ठूलो चुनौती छँदैछ । डीसीसीएमसीले गरेको निर्णय लागु गर्नु हामी जिल्लाबासी सम्पूर्ण व्यवसायी र नागरिक कर्तव्य हुन आउँछ । आफ्नै तरिकाले चल्नु र कुनै कुराको अवज्ञा गर्नु भनेको नै यो परिस्थितिमा आइपुग्नु प्रमुख कारण हो ।
झापामा कोरोना किन बढेको छ ? भोलिका दिन झन् जटिल र भयावह हुने अवस्थाको सिर्जना हुँदैछ भन्ने सबैलाई भन्नु र बुझाउनु पर्दैन । तर पनि, हामीमा आएको अटेरीपन र निजी स्वार्थको कारण हामी घर–घरमा कोरोनालाई पुर्याउने काम गरिराखेका छौ । यहि स्थिति रहिराखेमा अबका केहि दिन हस्पिटल होइन, प्रत्येक घरहरु कोरोना हस्पिटल परिणत हुनेछन् ।

सायदै झापा जिल्लाका अन्यत्रका बजार र बिर्तामोडको बजारमा अलि फरक दृश्य र घटनाक्रम देखिएको छ । के भैराखेको छ । यहाँ बुझ्नसमेत अलमल भएको छ । गाडीको आवतजावतले र पैदलयात्री बाटो काट्न साइडमा उभिएका भीड जताततै मालबाहक र यात्रुबाहक गाडीको लाइन, बैंकमा मानिसको भीड हेर्दा बिर्तामोड सामान्य लाग्नु स्वाभाविक नै हो । तर पनि, व्यापारी नै किन पटक पटक पक्राउ पर्दछन् ? पक्रिएका व्यापारीहरुमाथि किन दण्ड जरिवाना गरिन्छ ? दोषी व्यापारीहरुमात्र हुन् ? यो भीड बढाउने काममा व्यापारीमात्र जिम्मेवार छन् ? बैंकिङ्ग क्षेत्र, यातायात क्षेत्र र सडकमा निस्किएका अन्य सबै किन निर्दोष छन् ?

व्यापारी उद्योगीका लागि मात्र लकडाउन लाग्ने हो वा कोरोना सबैबाट एक अर्कामा सर्ने हो । अहिलेको जुन गतिविधि देखिएको छ । व्यापारीलाई धरपकड गर्ने, दण्ड जरिवाना गर्ने कुराको हाम्रोतर्फबाट घोर भत्र्सना र आपत्ति छ । हामीले बुझेको डीसीसीएमसीले लगाएको लकडाउन सम्पूर्ण नागरिक र उद्योगी व्यापारीका लागि एउटै रुप र प्रकारले लागु हुने हो । लकडाउनमा भएको कमी कमजोरी सच्याउन सबै पक्ष सचेत र सहकार्य गर्न तयार हुनुपर्दछ । लकडाउनमा कसैबाट कमजोरी देखिएमा सम्झाउने, सु–सूचित गराउने र पुनः गल्ती नगर्ने गरी सचेत गराउने गर्नु नै हाम्रो दायित्व हो र यसका लागि हामी सहकार्य गर्न तयार छौं । तर धरपकड, दण्ड, जरिवाना गर्न पाइदैन । यसको हामी निजी क्षेत्रको तर्फबाट घोर आपत्ति र विरोध छ । यस विषयमा डीसीसीएमसीको ध्यान आकर्षण गर्न चाहन्छौं । हालसम्म लकडाउन उल्लंघन गर्ने उद्योगी व्यापारीमात्र किन धरपकड गरिदै छ । नियम सबैलाई समान रुपमा लागु गरियोस् । समस्याका बीच समाधानका विभिन्न विकल्प रहन्छन् र अपनाउन सकिन्छ । ती सबै अपनाउँदा पनि समाधान गर्न नसके अन्तिम विकल्पको खोजी गर्न सकिन्छ । कुनै विकल्प नअपनाई धरपकड र जरिवाना गरिनु व्यवसायीहरुमाथि घोर अपमान हो । यो निन्दनीय कार्यको निजी क्षेत्रको तर्पmबाट भत्र्सना गर्ने छौं ।
डीसीसीएमसी प्रमुख जिल्ला अधिकारीको मातहत रहने भएकोले हामी श्रीमान् सिडियो साबलाई यस कार्यमा जिल्लाभित्र भएको घटनाका जानकारी छ कि छैन? यदि जानकारी भएमा किन मौन रहँदैछ ? डीसीसीएमसीको धारणा यहि हो वा झुलबस यस्ता कार्य हुँदैछन् ? कि निर्देशित रुपमा भैराखेको छ ? यदि आगामी दिनमा पनि यस्ता कार्य दोहोरिएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा जिल्ला प्रशासन कार्यालय र डीसीसीएमसीले लिने कि नलिने ? यस विषम परिस्थितिमा समस्या आउँछन् तर, समस्याको समाधान धरपकड र जरिवाना होइन र हुनुहँुदैन । आगामी दिन यस्तो कार्यहरुमा अन्य विकल्पको खोजी गरौं ।

कोरोना महामारी फैलिरहेको यस समयमा सम्पूर्ण उद्योगी व्यापारी र जनसमुदायमा आफू सचेत भई अति आवश्यकीय कामकाज बाहेकका अन्य काम वातावरण सहज र कोरोनाको प्रकोप समाप्त नहुँदासम्म आफू बच्ने, छरछिमेकी, समाज बचाउने आजको दिन प्रमुख कर्तव्य सम्झौं । जीवन रहे कमाउने, रमाइलो मनोरञ्जन गर्ने, आर्थिक कारोबार व्यापार व्यवसाय सबै गरौंला । हेर्नुहोस् त छिमेकीमा लागेको कोरोनाको कारण परिवार र टोलमा कति विचलन र असहज परिस्थिति पैदा भएको छ । सायद कुनै बेला शोकमा डुब्न बाँकी नहोला । त्यसैले आफू बाँचौं र अरुलाई पनि बचाऔं । धन्यवाद ।
( लेखक चेम्बर अफ कमर्स झापा अध्यक्ष तथा चेम्बर अफ कमर्स नेपालका कार्यकारी सदस्य हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्