झापा , साउन २८ । प्रदेश नं. १ कै पहिचान झल्काउने उद्देश्यका साथ झापाको बिर्तामोडमा बन्दै गरेको बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन प्रवासी झापाली समुदायको निकै चासो पाइएको छ ।

आफ्नो जिल्लाको पहिचान झल्कने गरी निर्माण भइरहेको साँस्कृतिक संग्रहालय तथा झापा नाटक घरको जमिन खरिद सहयोग संकलन अभियानका लागि झापाली समाज युएईले सबैलाई आव्हान गर्दै अघि बढिरहेको अभियानका सचिव रामप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।
‘झापा नाटक घरका लागि १ धुरभन्दा बढी जमिन खरिद गर्ने हाम्रो लक्ष्य छ ,रकम जुट्दैछ । स्थिति सहज भएपश्चात् हामी हस्तान्तरणको तयारीमा जुटेका छौ’ सहयोग संकलन अभियानका संयोजक तथा झापाली समाज युएईका सचिव लोकेश कोइरालाले भने । जग्गा खरिद समर्पण अभियानमा झापाली समाज युएईले १ लाख १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने र शिलालेखमा झापाली समाज युएई –१ धुर जग्गा लेखाउने लक्ष्य लिइएको छ ।
‘स्वदेशमा भन्दा विदेशमा रहनेहरुलाई माटो र मातृभूमिप्रतिको स्नेह प्रगाढ बन्दोरहेछ, एक बर्ष अघिदेखि यो पवित्र कला मन्दिर निर्माणमा ऐक्यवद्धता जाहेर गर्न चाहेर पनि विषम परिस्थितिका बावजुद गाह्रो भएको थियो तर, अहिले धमाधम सबैबाट सहयोग जुट्दैछ’ अध्यक्ष दुर्गाप्रसाद सापकोटाले भने ,‘सबै प्रवासी झापाली समाज युएईका साथीहरु लाग्नु भएको छ, हामी भदौको पहिलो हप्तासम्ममा उल्लेख्य सहयोग हस्तान्तरण गर्ने तयारीमा छौं ।’ ‘झापाली नाटकघरमा झापाली समाज युएईको नाम लेखाऔ’ भन्ने अभियान नै संचालन गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिका– १ मा निर्माणाधीन बहुजातीय संग्रहालय तथा झापाली नाटकघर प्रदेश नम्बर १ कै ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रूपमा चिनिन थालेको छ । क्षितिज नाट्य समूह र यसका अध्यक्ष माधव कल्पितको अथक र निस्वार्थ प्रयत्नले १० कट्ठा जग्गामा निर्माण सम्पन्न हुन लागेको यो मेघा प्रोजेक्टमा झापाका धेरै साहित्यकर्मी, कलाकार, व्यापारी तथा स्वदेश र विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । यो नाटकघर सार्वजनिक सम्पत्ति हो । कला तथा साहित्यको संरक्षण सम्बद्र्धन गर्नु हामी सबैको सामाजिक दायित्व भएको कल्पितले बताए । ‘तसर्थ यो अभियानमा झापाली समाज युएईका ब्यक्तित्व र केही संस्थागत सहयोग प्राप्त भएकोले लक्ष्य अनुसारको रकम जम्मा भएको छ’उनले भने, ‘सहयोगी सबैलाई झापाली समाज युएई, नाट्कघरमा सहयोग संकलन अभियानको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।’
सहयोग गर्नेहरुमा झापाली समाज युएई केन्द्रीय कार्य समिति, झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समिति,झापाली समाज युएई, दुबई क्षेत्रीय समिति, झापाली समाज युएई, सारजहा क्षेत्रीय समिति , झापाली समाज युएई, राक क्षेत्रीय समिति, झापाली समाज युएई, अलएन क्षेत्रीय समिति, विशालाक्षी रेस्टुरेन्ट अलनादा, रामप्रसाद ढुंगेल अबुधाबी, दुर्गाप्रसाद सापकोटा (दुर्गेस) लक्ष्मीपुर झापा, लोकेश कोइराला अबुधाबी, गीता माझी दुबई, डि.जी. शर्मा अलएन, , सन्तोष प्रसाईं चारपाने झापा, मातृका लम्साल दुबई, अशोक चापागाईं दुबई, निश्चल दाहाल राक,नरेन्द्र निरौला अबुधाबी, अनु चुडाल –अल सबिल ट्राभल दुबई, इबनारायण तिवारी दुबई,प्रशान्त ताजपुरिया अलएन, प्रेमप्रसाद अधिकारी दुबई, लिला बिमली दुबई, सूर्यबहादुर खवास अबुधाबी, खेमराज भट्टराई दुबई, बिष्णुमाया दंगाल दुबई, काशीनाथ ढकाल अबुधाबी, गुणराज सापकोटा सारजहा, प्रेम गौतम दुबई, धीरेन्द्र यादव दुबई, केशबहादुर कार्की राक, खेम न्यौपाने राक, युवराज अधिकारी राक, वीरबहादुर लिम्बू राक, रमेश कडरिया राक, भिमप्रसाद.प्याकुरेल राक, नवीन कार्की राक, हेमप्रसाद शिवाकोटी राक,रोशन दाहाल राक, बुद्ध लिङ्देन सारजहा, रत्न सापकोटा सारजहा, प्रेमा सुब्बा सारजहा, भरत बुढाथोकी सारजहा, हेमराज शिवाकोटी अबुधाबी, दिनेश नेपाल दुबई रहेका छन् ।
सहयोग रकम नेपाल सम्पर्क समिति अध्यक्ष सापकोटासमक्ष पुगिसकेकाले लकडाउनको अवस्था र समय अनुकूल मिलाएर भदौको पहिलो हप्ताभित्रमा क्षितिज नाटय समूहका अध्यक्ष कल्पित अन्य प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिने जनाइएको छ ।
प्रेरणादायी समाचारको लागि हार्दिक आभार सम्पादक इन्द्र जी लगायत प्रतिदिन दैनिक परिवारलाई ।