बिर्तामोड , साउन २९ । बिर्तामोड मुक्तिचोक नजिकै थापा मार्केटमा आज साँझ आगलागी भएको छ ।

मार्केटभित्र रहेको सूर्य अधिकारीको रिद्धिसिद्धि वेयर कलेक्सन नामक रेडिमेड कपडाको पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । साँझ पौने ७ बजे भएको सो आगलागीलाई बिर्तामोड र मेचीनगरको दमकलले नियन्त्रणमा लिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्