केर्खा , साउन ३० । कमल गाउँपालिकाबाट एक अपरिचित महिलाको उद्धार गरिएको छ ।

कमल गाउँपालिका वडा नं ३ स्थित शहीद गेट छेउमा रहेको फलैचामा गएरातिदेखि आएर बसेकी बेहोस अवस्थाकी एक अपरिचित महिलाको प्रहरीको सहयोगमा उद्धार गरी आज बिहान मेची अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । तराई मूलकी अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको भनेर स्थानीयले भनेपछि गएर हेर्दा जीवित नै भेटिएपछि अस्पताल पठाइएको उनले जानकारी दिइन् । उनले पहिचान नखुलेकी ती महिलाको परिवारलाई खबर गरिदिन आग्रह गरेकी छन् ।