कुमरखोद ,साउन ३० । ईलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ६० केजी माछा खाल्डोमा पुरेर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापावाट खटिएको सादा पोशाकको प्रहरी टोलीले झापा गाउँपालिका वडा ४ को गोपीचोकमा लकडाउनको मौका छोपी भारतबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा ६० केजी माछा बरामद गरेको थियो । बरामद भएको माछाहरु मुंग्री जातका रहेको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक नारायण प्रधानले बताए । ती माछाहरुलाई स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि तथा स्थानीयको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रधानले जानकारी दिएका छन् ।